काठमाडौं । प्रतिनिधिसभा तेस्रो अधिवेशनको बैठक शुरु भएको छ ।
बैठकमा सांसदहरुले रक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित प्रश्नहरु सोध्ने कार्यक्रम तय भएको छ ।
साथै सांसदहरुले सोधेको प्रश्नको उत्तर सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले दिने छन् ।
त्यसैगरी, व्यवस्थापन कार्य तर्फ “लोक सेवा आयोग विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेका विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले सो विधेयक प्रस्तुत गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया