ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

सुन काण्डमा सत्तापक्षकै सांसदले राजीनामा मागेपनि अहिलेसम्म गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिनु अनौठो भएको बताए । आइतबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।

उनले वर्तमान सरकार भ्रष्ट र नालायक भएको आरोप समेत लगाए । ओलीले भने, ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो, उहाँले आफैं राजीनामा गर्नु पर्ने हो ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगर्नु त अनौठो र आश्चर्य भएको बताउँदै उनले भने, ‘राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौँ कि नवौँ अश्चर्य भन्नुपर्छ ।’

गृहमन्त्रीविरुद्ध आरोप लाग्दा पनि अझै झण्डा हल्लाएर हिँड्दा लाज लाग्दैन भन्दै प्रश्न गरे ।

‘गृहमन्त्री जसको अभिभारा हो, त्यो बहन नगरेर फेरि पनि मन्त्री भएर झण्डा हला हिँड्न अठ्यारो लाग्नु पर्ने होइन ?’

नेकपा एमालेले सुन प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?