काठमाडौं । नेपाल तरुण दलले पशुपति शर्माको गीत ‘लुट कान्छा लुट’ भन्ने गीतलाई कम्युनिस्ट सरकारले बन्द गराएको प्रति घोर भत्सना गरेको छ ।
तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीद्वारा जारी विज्ञप्तिमा ‘जनप्रिय गायक पशुपति शर्माको गीत लुट कान्छा लूट भन्ने गीतलाई कम्युनिस्ट सरकारले आफ्ना कार्यकर्ता लगाएर धम्की दिई गीत बन्द गराएको घटनाको नेपाल तरुण दल घोर भत्सना गर्दछ ।’
सरकारको यो रवैयाले जनताको बोल्न पाउने, आफ्नो विचार राख्न पाउने, कुनै पनि रचना तथा सृजना गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको समेत हनन भएको जारी विज्ञप्तिमा लेखेएको छ ।
‘गीत संगीत र जनताको आवाज रोक्ने अधिनायकवादी ओलि सरकार नालायक साबित भएको छ । साच्चिकै यो ओलि सरकार लुटेरा प्रमाणित भएको छ । सरकारको आदेशमा कम्युनिस्ट कार्यकर्ताले मण्डले प्रवृत्ति देखाउनु गलत हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘ओलिले आफुलाई यमराज ठानेका छन् । नेपालमा पशुपतिलाई जसले अपमान गर्छ उ आफैँ सकियको इतिहास छ । आज नागरिकले भोग्नु परेको परिस्थितिलाई शब्दमा उतारेर गाइइको यो गीतको सम्मानमा गायक पशुपति शर्मालाई तरुण दलको सम्पूर्ण साथ रहनेछ ।’
यसैगरी जनताको मन छुने गीत गायकोमा तरुण दलले गायक शर्मालाई सम्मान गर्ने भएको छ ।
प्रेस विज्ञप्ति
जनप्रिय गायक पशुपति शर्माको गित लुट कान्छा लूट भन्ने गितलाइ कम्युनिस्ट सरकारले आफ्ना कार्यकर्ता लगाएर धम्कि दिई गीत बन्द गरायको घटनाको नेपाल तरुण दल घोर भत्सना गर्दछ । सरकारको यो रबैयाले जनताको बोल्न पाउने, आफ्नो बिचार राख्न पाउने, कुनै पनि रचना तथा सृजना गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको समेत हनन भएको छ । सरकारले जनताको बोल्न पाउने नैसर्गिक अधिकार खोसेर ओली सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको छ । गीत संगीत र जनताको आवाज रोक्ने अधिनायकवादी ओलि सरकार नालायक साबित भएको छ। साच्चिकै यो ओलि सरकार लुटेरा प्रमाणित भएको छ। सरकारको आदेसमा कम्युनिस्ट कार्यकर्ताले मण्डले प्रवृत्ति देखाउनु गलत हो। ओलिले आफुलाई यमराज ठानेका छन।नेपालमा पशुपतिलाई जसले अपमान गर्छ उ आफै सकियको इतिहास छ। आज नागरिकले भोग्नु परेको परिस्थितिलाई शब्दमा उतारेर गाइयको यो गितको सम्मानमा गायक पशुपति शर्मालाई तरुण दलको सम्पुर्ण साथ रहनेछ। जनताको मन छुने गित गायकोमा तरुण दलले गायक शर्मालाइ सम्मान गर्ने पनि जानकारी गराउदछौ।
भुपेन्द्र जङ्ग शाही
महासचिव
नेपाल तरुण दल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया