काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेसँग उनका दुई छोरी (धर्मपुत्री) ले भेटघाट गरेका छन् ।
शनिबार स्कूल बिदा पारेर मुगुका ठिन्ले साङ्मु लामा र छिरिङ लामा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए ।
सामाजिक सञ्जालमा लेख्दै ओलीले सो बारेमा जानकारी गराएका हुन् । ओलीका अनुसार उनीहरुले ओलीसँग घुम्न जाने इच्छा व्यक्त गरेका थिए तर आफ्नो व्यस्तताको कारण केही समय मात्र बिताएको बताए । साथै उनीहरुको बा आमासँग भिडियोकल गरेको र केहीबेर छोरीहरुसँग कुराकानी हुँदा रमाइलो भएको बताए । साथै छोरीहरुले राम्रो पढ्छु भनेको र अर्को महिना कपडा किन्न जाने कुरा भएको समेत उल्लेख गरेका छन् ।

‘शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन्। आज पनि आएका थिए। बालाई भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए। तर मेरो फूर्सद मिलेन । घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ। राम्रोसँग पढ्छु भनेका छन्। अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ ।खुशी छन् छोरीहरु ।’ ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।
बेला बेला ओलीले स–साना बालबच्चाहरुसँग कुराकानी गरेको र समय बिताएको तस्बिरहरु बाहिरिने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया