प्रचण्डले प्रतिशोधको राजनीति सुरु गरेको एमाले अध्यक्ष ओलीको आरोप

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, प्रधानमन्त्री प्रचण्डले पाकिस्तानी राजनीति जस्तो प्रतिशोधको खेल सुरु गरेको भन्दै आक्रोश पोखेका छन् ।

गुरु लुइटेल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा ओलीले प्रधानमन्त्री प्रचण्डले पाकिस्तानी राजनीतिको सिको गरेर प्रतिशोधको राजनीति थालेको भन्दै अब यसको अत्य कहिले हुन्छ भन्न नसकिने तर्क गरे ।

उनले भने ‘मैले अस्ती प्रधानमन्त्री जीलाई भने यो अलि पाकिस्तानी राजनीति ।  प्रतिशोधको राजनीति उहाँले आज सुरु गर्नु भएको छ  । उहाँलाई मजा लागेको छ। यो यहि अन्त्य हुँदैन यो त सुरु भयो । ’

उनले नेपालको लोकतान्त्रिक प्रणालीमा कुनै योगदान नै नभएकाहरुको लोकतन्त्रको पक्षमा आवाज उठाउनलेलाई डन्डा चलाउन थालेको भन्दै प्रचण्डइन्कित आक्रोश पोखे ।

उनले भने ‘यस देशमा शासनमा बस्ने दुई चार जना मान्छेको कुनै योगदान छैन यिनीहरु प्रजातन्त्रको विरुद्ध लडेर आएका हुन् । कुनै योगदान नभएका मान्छे अहिले आएर लोकतन्त्रको पक्षमा आवाज उठाउनेहरुलाई डण्डा चलाउन खोज्ने ? अनेक प्रकारका आरोप लगाउन खोज्ने ? व्ल्याकमेलीङ गर्न खोज्ने । यो समान्य जस्तो देखिन्छ एउटा मान्छे गिरफ्तार हुनु । तर यो सामान्य हैन् । ’

उनले देशका लागि कुनै योगदान नदिएका दुई चार जनाको शासनमा हालिमुहाली रहेको आरोप लगाएका छन् ।

उनले पहिले हत्कडी लगाएर अनि छानबिन गर्ने प्रवृत्तिको विरोध गरे ।

पहिले हत्कडी लगाएर खोरमा थुनेर अनि छानविन गर्ने के खालको जमना आयो यो ? पहिले समात्ने अनि छानविन गर्ने । दोषि छ भने थुन्ने की दोषि नभए पनि थुन्ने ?उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?