संसद अवरोध भएको अवधिमा रास्वपा सांसदले तलब भत्ता नलिने

लोकपथ
63
Shares

काठमाडौं । निरन्तर संसद अवरोध हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसअवधिको बैठक भत्ता नलिने भएको छ ।

आज पार्टी संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरे समक्ष सो कुरा जानकारी गराएका हुन् ।

लामो समयदेखि संसद अवरोध भए पनि बैठक भत्ता लिँदा राज्यलाई भार पर्ने भन्दै रास्वपाले बैठक भत्ता नलिने भएको जनाएको हो ।

May be an image of 7 people and the Oval Office

लामिछानेले हालसम्म पाएको भएमा त्यसको मिलान गर्न समेत आग्रह गरेका छन् । साथै निरन्तर संसद चलाउन समेत माग गरेका छन् ।

सुन काण्डको विषयलाई लिएर प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरिरहेको छ । तर सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न आलटाल गरेपछि निरन्तर संसद अवरोध भइरहेको छ ।

May be an image of ticket stub and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?