कपनबाट ब्याक हट्यो महानगरको डोजर, नापजाँच गरेपछि मात्र थप प्रक्रिया अघि बढाउने सहमति

लोकपथ
476
Shares

काठमाडौं । कपनको साततलेमा खोलामाथि बनाइउको स्ल्यब भत्काउन डोजरसहित हिडेको काठमाडौं महानगरको टोली ब्याक भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएपछि डोजर ब्याक गरिएको हो ।

वार्तामा दुवै नगरपालिकाको प्राविधिक टोली र नापी विभागको टोलीसमेतले खोलाको क्षेत्र नापजाँच गरेपछि मात्र थप प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर चलाएको स्थानीयको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?