२० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, डमरुप्रसाद निरौला मन्त्रालय तानिए (सूचीसहित)

लोकपथ
259
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले टिकटक लाइभमा एक महिलासँग अवैध रुपमा देखिएर विवादमा परेका झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित २० जना शाखा अधिकृतको सरुवा भएको हो । निरौलालाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।

त्यस्तै राष्ट्रिय योजना आयोग अन्तर्गत कार्यरत रहेका उपसचिव बागमती नगरपालिका सर्लाहीमा सरुवा गरिएको छ । त्यसैगरी रक्षा मन्त्रालयमा कार्यरत रामेश्वर पोखरेललाई कल्याणपुर नगरपालिका सिराहामा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?