गृहमन्त्रीको प्रतिबद्धता : ‘अनुुसन्धानले दोषी देखाउँछ भने माओवादी वा जुनै दलको भएपनि छोडिन्न’

लोकपथ
70
Shares

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले वादका आधारमा कसैलाई पनि छुट नदिने स्पष्ट पारेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सो कुुरा बताएका हुन् ।

सुन काण्डमा सांसदमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै गृहमन्त्रीले आफ्नो दल माओवादी केन्द्र वा जुनसुुकै दलका भए पनि सरकारले कारबाहीका लागि खुट्टा नकमाउने बताए ।

‘अनुसन्धानले दोषी देखाएमा माओवादी होस् या जुुनसुुकै दल वा वादको आधारमा उन्मुक्ति दिँदैनौँ ।’ गृहमन्त्री श्रेष्ठले भने ।
त्यस्तै प्रतिनिधि सभा विघटन गर्न वा अवरोध गर्न नभएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?