अमरेश सिंहले भने– ‘सुन प्रकरणमा गृहमन्त्रीको नियतमाथि कुनै शंका छैन’

लोकपथ
70
Shares

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियतमाथि कुनै आशंका नरहेको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीलाई सरकार र प्रतिपक्षीबाट काम गर्ने वातावरण नभएको भन्दै आपत्ति जनाए ।

‘गृहमन्त्रीको नियतमा शंका छैन । तर गृहमन्त्रीलाई काम गर्ने दिने वातावरण छैन । गृहमन्त्रीलाई न सरकारले काम गर्न दिन खोजिरहेको छ न त प्रतिपक्षीले नै काम गर्न दिन खोजिरहेको छ । नेपालमा पहिलोपटक भ्रष्टाचारको मामलामा केही व्यक्तिहरु जेल गएका छन् ।’ उनले भने ।

तीन शीर्ष नेताहरुको मिलेमतोमा विभिन्न घटनाहरु डिसमिस हुने गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?