काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले बोलाएको बैठक सकिएको छ ।
संसद सचिवालयमा सम्पन्न बैठकमा सदनलाई नियमित अगाडि बढाउने, दलीय आधारमा एक एक जनाले आकस्मिक समय प्रयोग गर्ने र त्यसपछि गृहमन्त्रीले जवाफ दिने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।
सबै दलका प्रमुख सचेतक तथा सचेतकहरु सहभागि बैठकमा सदनलाई नियमित अगाडि बढाउने विषयमा पनि गम्भीर छलफल भएको छ ।
यसअघि बालुवाटारमा भएको भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले सबै दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका थिए ।
संसद बैठक तीन बजेका लागि बोलाइएपनि छलफलका कारण अहिले सम्म सुरु भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया