काठमाडौं । सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
संसदको अवरोध हटाउनेबारे प्रमुख तीन शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा अहिले छलफल जारी रहेको छ ।

सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको थियो । आजको छलफलपछि सरकार उच्चस्तरीय समिति बनाउने कुरामा लचक नभए पनि गृहमन्त्रीको जवाफ सुन्नका लागि संसदको अवरोध हटाउने निष्कर्षमा पुुगेको एमालेका सचेतक महेश बर्तौलाले लोकपथलाई जानकारी दिए ।
आज तीन बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया