सकियो सभामुखसँग शीर्ष नेताहरुको छलफल

लोकपथ
91
Shares

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा छलफलका लागि बसेको सभामुुखसँगको शीर्ष नेताहरुको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा बसेको बैठकमा संसद चल्न दिने विषयमा सहमति भएको छ ।

सुन काण्डमा एमालेले उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आइरहेको थियो ।

निरन्तर संसदमा अवरोध देखिएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । यसअघि सोमबार पटकपटक छलफल गर्दा पनि निष्कर्ष निस्किन सकेको थिएन ।

आज दिउँसो ३ बजेका लागि संसद बैठक आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?