प्रस्तावित प्रधानन्यायाधीशमाथि सुनुवाइ शुरु, उजुरी आह्वान

लोकपथ
0
Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान गरिएको छ । संवैधानिक परिषद्ले नियुक्तिको लागि सिफारिस गरेसँगै आजबाट संसदीय सुनुवाइ समेत शुरु भएको हो ।

आज बसेको संसदीय सुुनुवाइ समितिको बैठकमा समितिका सभापति पशुपति शमशेर राणाले प्रस्तावित प्रन्या श्रेष्ठमाथि १० दिनभित्र उजुरी दिन आह्वान गरेका हुन् ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई भावी प्रधानन्यायाधीशको रुपमा प्रस्ताव गरेको थियो । समितिले संसदीय सुनुवाई गरी प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?