काठमाडौं । पाँच वटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध परेका उजुरी आज खोल्ने भएको छ ।
संघीय संसदको सुनुवाई समितिले विभिन्न पाँच वटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध परेका उजुरी आज (आइतवार) खोल्ने भएको हो ।
सिंहदरबारमा बिहान ११ः३० बजे बस्ने सुनुवाई समितिको बैठकमा प्राप्त उजुरी खोल्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।
संवैधानिक आयोगका प्रस्तावित चार अध्यक्षविरुद्ध कुनै उजुरी नपरे पनि मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारी विरुद्ध अजुरी परेको छ । उनीविरुद्ध नामे, बेनामे र सामूहिक गरी चार वटा उजुरी परेका छन् ।
सचिवालयका सहप्रवक्ता केशव अर्यालका अनुसार आज उजुरी खोलेर उजुरी कर्तासँगको छलफल मिति तय गर्ने छ ।
समितिले पाँच वटै आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी दिन १० दिनको समय तोकेको थियो ।
गत माघ ६ गते बसेको संवैधानिक परिष्दको बैठकले मुस्लिम आयोगमा समिति सहित राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा बालनन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया