प्रधानमन्त्री दाहालसँग युरोपेली सङ्घका राजदूतको बिदाइ भेट

लोकपथ
21
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?