काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले सुदूरपश्चिममा कायम छाउपडी प्रथाबारे आज छलफल गर्दैछ ।
सुदूरपश्चिममा कायम छाउपडी प्रथामाथिको स्थलगत अध्ययनमाथि थप छलफल गर्न समितिले आइतवार बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।
सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा छाउपडी प्रथा व्याप्त छ । सो प्रथा अन्त्यका लागि संसददेखि सडकसम्म आवाज उठेपनि त्यसको अन्त्य हुन सकेको छैन । सोही विषयमा महिला तथा सामाजिक समितिका सदस्यले केहीदिन अघि स्थलगत अनुगमन गरेका थिए ।
यस्तै प्रतिनिधिसभा कै विकास तथा प्रविधि समितिमा प्राप्त भएका एक दर्जन बढी गुनासो माथि छलफल हुँदैछ ।
सिंहदरबारस्थित समितिको हलमा आजै मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा प्राप्त भएका गुनासोमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया