काठमाडौं । सभामुख देवराज घिमिरेसँग शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।
केहीबेरअघि सभामुख घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् ।
जारी बैठकमा संसदको अवरोध हटाउने विषयमा छलफल भइरहेको छ । यसअघि पनि बैठक बसेको थियो तर बैठक निष्कर्षविहिन बनेको थियो ।
सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरिरहेको छ । समितिको मागसहित एमालेले बैठक अवरुद्ध गरेपछि समाधानका लागि सभामुख घिमिरेले शीर्ष नेताहरुसँग छलफल थालेका हुन् ।
आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । तर दलहरुबीच सहमति हुन नसक्दा बैठक ४ बजेका लागि सारिए पनि अझैसम्म बैठक बस्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया