काठमाडौं । प्रतिनिधि सभाको बैठक ४ बजेसम्मका लागि सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक शीर्ष नेताहरुको छलफलपछि सरेको हो ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
सुन काण्डको छानबिनका लागि एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ । जसको कारण संसद बैठक निरन्तर अवरोध हुँदै आइरहेको छ । सभामुख घिमिरेले संसदको अवरोध हटाउनका लागि आज शीर्ष नेताहरुसँग छलफल गरेका थिए । तर निष्कर्ष निस्कन नसकेपछि पुनः ३ः३० बजेका लागि बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया