आयुक्त राजनारायण पाठकद्वारा राजीनामा, महाअभियोगबाट जोगिएका हुन् त ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । 

शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाठकले राजीनामा दिएका हुन् ।

राजीनामा बोकेर पाठक आफैँ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । उनको राजीनामा दर्ता नं. ११४७ रहेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पाठकलाई महाअभियोग लगाउने तयारी थालेका थिए । उनीहरुले पाठकलाई आज शुक्रवारसम्मको समय तोकेका थिइ । 

राजीनामा दिएसँगै पाठक महाअभियोगबाट जोगिएका छन् ।

यो नि पढ्नुहोस् :–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?