काठमाडौं । विवेकशील नेपाली पार्टीले केन्द्रीय सदस्यमा ५ जनालाई थप गरेको छ ।
पार्टीका अध्यक्ष उज्ज्वल थापाको अध्यक्षतामा केहीदिन पहिले बसेको बैठकले केन्द्रीय सदस्यमा ५ जनालाई थप गरेको हो ।
बैठकले ज्योति परियार, रामजी राम, प्रतिभा डंगोल, रजिया वानु र जमुना सुवेदीलाई केन्द्रीय सदस्यमा थप गरेको हो ।
यसैगरी परियार बाँके, राम पर्सा, डंगोल मकवानपुर, वानु काठमाडौं र सुवेदी रुपन्देहीकी हुन् ।
विवेकशील नेपाली पार्टीले छुट्टै दल दर्ता गर्न चाहिने न्यूनतम २१ जना केन्द्रीय सदस्य नपुगेपछि केन्द्रीय सदस्य थप गरिएको हो ।
समावेशितका आधारमा उनीहरुलाई केन्द्रीय सदस्य बनाइएको पार्टीले जनाएको छ ।
दल दर्ता प्रयोजनका लागि दलका पदाधिकारीका रुपमा अध्यक्षमा उज्ज्वल थापा, उपाध्यक्षमा अजिता राई, महासचिवमा गोविन्द नारायण तिमिल्सिना र कोषाध्यक्षमा सुवुना बस्नेतलाई राख्ने भएको छ भने दलको प्रवक्ताको जिम्मेवारी मिलन पाण्डेलाई दिने निर्णय बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया