केन्द्रीय कमिटी बैठकमा प्रचण्डले भने ‘पार्टी पार्टीजस्तो हुन सकेन’

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको टिप्पणी गरेका छन् ।

आजबाट काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । त्यस्तै पार्टीलाई पार्टी जस्तो बनाउनका लागि व्यापक सुुदृढीकरणको आवश्यक्ता रहेको बताए ।

साथै अहिलेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने बताए ।

त्यस्तै बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारको कामले जनतामा आशाको केही सञ्चार गरेको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?