मोरङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी सरकारले काम गर्ने मेसो नै नपाएको बताएका छन् ।
बिहीवार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले काम गर्ने प्राथमिकतासमेत निर्धारण गर्न नसकेको आरोप लगाएका हुन् ।
अहिलेका सरकारमा विधि र गति दुवै नभएको उनको भनाइ थियो ।
यसैगरी उनले भने, कांग्रेसले अहिलेको अवस्थामा आफ्नो एजेण्डा लिई एकतावद्ध भएर जनतामा जानुपर्ने समय आएको बताए ।
‘पार्टी सभापति शेरबहादुर देउवासँग बहुमत छ र त्यसको बलमा पार्टीलाई हाँक्न खोज्दै हुनुहुन्छ, यो पार्टी र मुलुक दुवैको हित विपरित छ’ नेता पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया