अर्थ समितिले मेलम्ची आयोजनाको कामबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले मेलम्ची खानेपानी आयोजनाको कामबारे सरोकारवालासँग छलफल गर्ने भएको छ । 

बिहीवार बिहान ११ बजे सिंहरबारस्थित समितिको हलमा बस्ने बैठकमा खानेपानीमन्त्री, सचिव र आयोजनाका प्रमुखलाई छलफलका लागि बोलाइएको समितिले जनाएको छ । 

मेलम्ची आयोजना निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सिएमसीसँगको सम्झौता रद्द भएपछिको प्रगति बुझ्न सराकोरवाला पक्षलाई छलफलका लागि बोलाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । 

समितिको गत पुस ५ गतेको बैठकले लागत नबढ्ने गरी तोकिएको समयमा नै आयोजनको काम सम्पन्न गर्न सरकार र आयोजनालाई निर्देशन दिएको थियो । तर, ससिमतिको निर्देशनको बेवास्ता गर्दै आयोजनाको काम रोकिएपछि फेरी पनि सरोकारवाला पक्षलाई जिम्मेवार र जवाफदेही बनाउन बैठक बोलाइएको अर्याललको भनाई छ । 

यसैगरी प्रतिनिधिसभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पछिल्लो समय नियुक्त भएका विभिन्न मुलुकका राजदुतसँग उद्योग, वाणिज्य र श्रमसँग सम्बन्धित विषयमा समेत छलफल गर्दैछ ।

विहान ११ः३० बजेको लागि बस्ने बैठक बालोइएको हो । 

बैठकमा भारत, मलेसिया, यूइई र इजरायलका लागि नवनियुक्त राजदुतलाई छलफलका लागि बोलाएको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

साथै मलेसियामा नेपाली कामदारको रोजगारी सुचारु गर्ने तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त विवरणमाथि पनि छलफल हुने समिति सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?