काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा कर्मचारी समायोजन विधेयकमाथि छलफल शुरु हुने भएको छ ।
बिहीवार ११ बजेबाट कर्मचारी समायोजन विधेयकमाथि छलफल शुरु हुने संसद सचिवालयले जनाएको हो । सो विधेयकमा ३३ वटा संशोधन परेको छ ।
यसअघि प्रतिनिधिसभामा नै दफावार छलफल गरेर पारित गर्ने संसद सचिवालयको तयारी भएपनि संशोधन धेरै भएकाले समितिमा पठाइएको हो ।
संसदको अघिल्लो अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेश मार्फत कर्मचारी समायोजनको काम अघि बढाएको थियो । अहिले सोही अध्यादेशको प्रतिस्थापन विधेयकमाथि राज्य व्यवस्था समितिमा दफावार छलफल हुन लागेको हो ।
यसैगरी राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा प्रदेश लोक सेवा आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेकयमाथि समेत छलफल हुँदैछ ।
उक्त विधेयकमाथि छलफल गर्न समितिको आजै दिउँसो २ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया