सुन तस्करी प्रक्ररण : होटल भियनाका सञ्चालक छिरिङ पक्राउ

लोकपथ
665
Shares

काठमाडौं । एक सय किलो सुन तस्करी प्रक्ररणमा थप एक जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो ।

प्रहरीले सञ्चालक छिरिङलाई आइतबार बिहान पक्राउ गरेको हो । विभागले सो होटलबाट सिसिटिभी फुटेज र कम्प्युटर पनि जफत गरेको छ ।

हंङकङबाट तस्करी भएर नेपाल आएको ठूलो परिमाणको सुनमा छिरिङको कनेक्सन देखिएपछि विभागले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?