काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट ल्याउने प्रयास भइरहेको बताएका छन् ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको बताउँदै त्यसलाई सफल हुन नदिने दाबी गरेका छन् ।
बुधवार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो, त्यसभित्र समस्या पैदा गर्ने कोशिस भइरहेको छ ।’‘
ओहो !
थामिसक्नु छैन’ प्रधानमन्त्री ओलीले भने ।
साथै प्रधानमन्त्रीले बाआमाको झगडा गराउने प्रयास कसरी हुन्छ भनेर सुनाए ।
बा को कानमा गएर भन्ने, बा आमा बोक्सी छे । आमाको कानमा गएर भन्ने, आमा बाले जड्याहा भइसके ।
दुबैले पत्याउँदैनन्, फेरि भन्ने ।
बा, पत्याउनुहुन्न तर के गर्ने, आमा भरे मुख सुँघ्न आउँछे ।
आमाको कानमा गएर भन्ने, तपाईँ पत्याउनु हुन्न । गएर मुख सुँघ्नुस् न कस्तो गनाउँछ ?
ले गएर मुख सुँघ्छे । रक्सी त गनाएको हुँदैन तर, बाउलाई पक्का हुन्छ कि मुख त सुँघ्न आई । बोक्सी त रहिछे ।
'यस्ता प्रयासहरु थुप्रो भएका छन् तर, प्रयास नगरेको पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जान्छे, न बाले बोक्सीको आरोप लगाउनेछ' प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया