काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको एकतालाई अझ सुदृढ बनाउने बताएका छन् ।
बुधवार बिहान पार्टी कार्यालय धुम्बाराहीमा २४ औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले मदन भण्डारी स्मृति दिवसमा गरेको पार्टी एकतालाई अझ सुदृढ बनाउने बताएका हुन् ।
कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह)ले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी दुवै मिलेर पार्टी एकता गरेको बताए ।
यसैगरी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली सरकारको एक वर्ष पुगेको अवसरमा अति आवश्यक कामको प्रेसले कार्यक्रममा उपस्थित हुन नसकेको अध्यक्ष प्रचण्डले बताए ।
यसैगरी उनले नेपालका कम्युनिष्टहरुले विश्वलाई नै चकित पार्ने काम गरिरहेको बताउँदै जनयुद्ध, शान्ति सम्झौता, हतियार समायोजन, संविधान निर्माण र तीन तहको चुनाव सामान्य परिघटना नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया