सरकारले सोचेअनुसार काम गर्न सकेन: नेता नेपाल

काठमाडौं ।   नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सरकार कतै लरबरिएको जस्तो देखिएको बताएका छन् । 

आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उनले सरकारले काम गर्न खोजेको भएपनि  कतै लरबरिएको  बताएका हुन् । 

नेपालले भने, 'सरकारले  जनअपेक्षाअनुसार काम गर्न  सकेको छैन् ।' 

सरकारको कमजोरी औल्याएर सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुने पनि नेता नेपालको भनाई छ । 

नेता नेपालले दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया चाडै टुङ्गिने  भन्दै उनले पार्टीको सबै तहमा हुने एकीकरण प्रक्रियामा कसैको गोजीको, नाता पर्ने होइन असल, पार्टी सञ्चालन गर्न सक्ने व्यक्ति एकीकृत संगठनको अध्यक्ष हुने बताए ।

नेपाली कांग्रेसको गरेको सडक आन्दोलन र प्रदर्शनप्रति नेता नेपालले आपत्ति जनाए । नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनीकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भए पनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै  अर्थ नभएको नेता नेपालको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?