काठमाडाैं । अक्सिजन अभावभएपछि मलेसियाबाट काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको विमान क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको छ ।
नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति पनि गठन गरिएको छ । के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताएको छ ।
विमान ग्राउन्डेड भएपछि उक्त विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन् ।
ककपिटमा हुने सिलिन्डरमा अक्सिजन अभावले निगमको सगरमाथा नामको न्यारोबडी मलेसियामै ग्राउडेड भएको हो ।उक्त विमान मर्मत गरेर सोमबार राति १० बजे मलेसिया उडाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया