नेपाललाई हिन्दूराष्ट्र बनाउन कांग्रेस महामन्त्रीले गरे जनमत संग्रहको माग

चितवन । कांग्रेस महामन्त्री शशांक कोइरालाले नेपाललाई हिन्दूराष्ट्र बनाइनुपर्नेमा जोड दिएका छन् ।

त्यसका लागि जनमत संग्रह हुनुपर्ने माग गर्दै कोइरालाले जनमत गरिँदा हिन्दूराष्ट्रको पक्षमा भोट हाल्न अपिल समेत गरे । 

देवघाटधाम विराट् ज्ञानमहायज्ञ कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘मैले धेरै पटक भनेको छु, नेपाल हिन्दूराष्ट्र हुनुपर्छ र यसको लागि जनमत हुनुपर्छ । जनमतमा तपाईँहरु भोट हाल्नुहोला । हिन्दू राष्ट्र हुनुपर्छ भन्ने घोषणा म गर्न चाहान्छु ।’

उनले वर्तमान केपी ओली नेतृत्वको सरकारले  क्रिश्चियन धर्मको प्रचार गरिरहेको पनि आरोप लगाए ।   

महेश सन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलम् को गौरवमय रजतवर्ष महोत्सवको अवसरमा देवघाटधाम विराट् ज्ञानमहायज्ञ – २०७५ आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?