काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको चौथो स्मृति दिवस आज मनाइएको छ ।
शनिवार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पूर्वसभापति कोइरालाले देश र जनताका लागि गरेको योग्दानको सम्झना गर्दै उनको फोटोमा माल्यार्पण गरि चौथो स्मृति दिवस मनाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका कोइरालाको ८० वर्षको उमेरमा २०७२ साल माघ २६ गते निधन भएको थियो ।
कोइरालाको स्मृति दिवसका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले चितवनको देवघाटस्थित महेश सन्यास आश्रम र महेश संस्कृत गुरुकुलमा अध्ययनरत वटुकका लागि एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विसं. ०७३ सालमा स्थापित फाउण्डेशनले सो निर्णय गरेको फाउण्डेशनका सदस्य सचिव अतुल कोइरालाले बताए ।
फाउण्डेशनले शिक्षा, स्वास्थ्य, खेलकूद, कला, संस्कृति, मानव अधिकार, महिला तथा बालबालिका लगायत समाजिक क्षेत्रमा थिङ्क ट्याङ्कका रुपमा काम गर्दै आएको जनाएको छ ।
यसैगरी केन्द्रीय कार्यसमितिले पूर्वसभापति कोइराको चौथो स्मृति दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रमको आयोजना गरेको छैन भने जिल्ला कार्यसमितिले भने आफ्नो अनुकूलमा कार्यक्रम गर्ने प्रवक्ता शर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया