काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई आज अदालतमा उपस्थित गरिँदैछ ।
सर्वोच्च अदालतको आदेश अनुसार उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुुसन्धानमा रहेका राउतलाई अदालतमा उपस्थिती गराउन लागिएको हो ।
त्यस्तै सोही प्रकरणमा मुुछिएर अनुसन्धानमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई समेत अदालतमा उपस्थिती गराउन लागिएको हो ।
आइतबार उनीहरुको मुुद्दाको सुनुुवाई तोकिएकोमा अन्य बन्दीको रिटका कारण मुुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया