बेपत्ता छानबिन, सत्य निरुपण्न तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण्न तथा मेलमिलाप आयोगको म्याद  एक वर्ष थप भएको  छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण्न तथा मेलमिलाप आयोग (दोस्रो संशोधन)विधेयक प्रमाणीकरण गरेकी हुन् । 

संसदको दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेकी हुन् ।

विधेयक प्रमाणीकरण भएसँगै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप भएको छ । 

२७ माघ २०७१ मा गठन भएका यी आयोगहरूका म्याद शनिवार सकिदै थियो ।

आयोगमा दर्ता भएका ६२ हजार ९५० द्वन्द्वकालीन मुद्दा टुँगो लाग्न सकेको छैन ।

आयोगका अध्यक्ष र सदस्यको पदावधि भने २०७५ चैत मसान्तसम्म मात्रै कायम रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?