काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले समाजसेवी सपना रोका मगरले गरेको सामाजिक कार्यको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
उज्यालो भविष्य नेपालको १०औँ स्थापना दिवस पारेर काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले समाजसेवाको नाममा चन्दा उठाएर सेवा गर्ने प्रवृतिको तीव्र विकास भैरहेको अवस्थामा पनि निस्वार्थ सेवा भाव राखेर सपनाले वेवारिसे शव व्यवस्थापनमा गरेको कार्य प्रसंसनीय भएको उल्लेख गरे । उनले आफ्नो झन्डै ४५ वर्षे राजनीतिक यात्रामा पु¥याएको योगदान भन्दा माथि सपनाको सेवा भएको पनि बताए । गुरुङले आफ्नो मन्त्री पदभन्दा माथि उनको निस्वार्थ सेवा भाव राखेर कार्य गरेको भन्दै सपनाको खुल्ला हृ्रदयले प्रशंसा गरे ।
मन्त्री गुरुङले भने, ‘एउटा नारी जो १८ वर्षको उमेरमा वेवारिसे शवको व्यवस्थापन गर्ने कार्यमा लाग्दै गर्दा न त्यहाँ कुनै चन्दा आउथ्यो,न तलब भक्ताको व्यवस्था थियो । त्यसकारण मलाई लाग्छ,मैले निरन्तर नेपाली राजनीतिमा झन्डै ४५ वर्षको यात्रा गरेर म अहिले मन्त्री छु । तर, मैले यो मन्त्री पद भन्दा माथि सपना रोका मगरको सेवालाई देखेको छु’ उनले थपे, ‘यहाँ सम्मानित हुनुहुने सबैलाई मेरो सम्मान छ तर,सपना रोका मगरले जे गरिराखेकी छन् त्यो मेरो लागि,मुलुकको लागि र समाजको लागि अत्यन्तै प्रेरणादायी छ । धेरै कुरा सिक्नु छ,उनलाई म भन्दा माथि देखें ।’
गुरुङले समाजसेवा निस्वार्थ र सेवाभावले प्रेरित हुनुपर्ने भन्दै सपनाको आगामी यात्राको निरन्तरताको कामना पनि गरे । साथै उनले सम्मान कार्यक्रममा सपनाको नामको कारणले उपस्थिति जनाएको समेत स्पस्ट पारे ।
सपना रोका मगरले कलिलो उमेरमा वेवारिसे शव व्यवस्थापनमा गरेको योगदान स्वरुप उज्यालो भविष्य नेपाल दोलखाले उनलाई आज सम्मान गरेको छ ।
शनिबार उनलाई राष्ट्रको लागि पु¥याएको योगदानको कदर गर्दै अन्तराष्ट्रिय शक्तिशाली महिला सम्मान २०८० बाट सम्मानित गरिएको छ ।
उज्यालो भविष्य नेपालको १०औँ स्थापना दिवस पारेर गरिएको सम्मानमा उनीसंगै राष्ट्रिय सामाजिक अभियन्ता २०८० बाट लक्ष्मण गुभाजु,राष्ट्रिय समाजसेवा सम्मान २०८० बाट शारदा उप्रेती घिमिरे, राष्ट्र सेवक सेवा सम्मान २०८० बाट नेपाल प्रहरीका पूर्व प्रहरी अतिरित्त महानिरिक्षक (एआईजिपी) धिरु बस्न्यात लगायतलाई सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया