काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले एजेण्डा तय गरेको हो ।
एजेण्डामा नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा तय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
एमालेको सचिवालय बैठक भोलि (शनिबार) बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया