सरकारले भूमिहिन सुकुम्बासी र अव्यवस्थितका लागि ‘बसोबास आयोग’ गठन गर्ने

काठमाडौं । सरकारले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्ने भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर’ कार्यक्रममा भाग लिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो कुरा बताएकी हुन् । 

उनले भनिन् ‘भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्न लागिएको छ ।’

उनले  ‘भूमिसम्बन्धि ऐन, २०२१’ को आठौं संशोधन प्रक्रिया अघि बढाइसकेको पनि स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?