विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगरे मेयर पराजुलीले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । उनले प्रधानमन्त्री ओलीसँग करिब साढे दुई घण्टा बिताएका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा प्रदेश राजधानी र विराटनगरको विकास निर्माण विषयमा छलफल भइरहेको मेयर पराजुलीले बताए ।
पहिलोपटक काठमाडौं बाहिर हुन लागेको महिला साफ च्याम्पियनसिप प्रतियोगिता उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिन मेयर काठमाडौं आएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट मेयर बनेका पराजुलीले प्रधानमन्त्रीसँगको भेटले आफूलाई प्रभावित बनाएको बताए । उनले भने, ‘प्रधानमन्त्रीजीको चिन्ता र विचारले म प्रभावित भएको छुँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया