काठमाडौं । आज बसेको राष्ट्रियसभा बैठकबाट चार वटा विधेयक छलफलको लागि पारित भएको छ ।
शुक्रवार बिहान १०ः३० बजे बसेको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले गत बुधवार बसेको प्रतिनिधिसभा बैठकबाट विनासंशोधन पारित भएको विधेयकबारे जानकारी दिएका छन् ।
साथै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको तर्फबाट गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले ज्येष्ठ नागरिक सम्बन्धित पहिलो शंसोधन विधायकलाई छलफलको लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भनेर पेस गरेका विधेयक बहुमतले पारित भएको छ ।
त्यसैगरि, प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भएको निर्भीक निवारण कोष, नागरिक लगानि दोस्रो शंसोधन कोष, विज्ञापन नियमन गर्ने विधायक ‘२०७५’ छलफलको लागि राष्ट्रियसभाबाट पारित भएको छ ।
आर्को बैठक मंगलवार माघ २९ गते विहान ११ बजे बस्ने गरि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया