काठमाडौं । खानेपानी मन्त्री महेन्द्र राय यादवले, सन् २०३० सम्म स्वच्छ खानेपानीको पहुँचको लक्ष्य पुरा गर्नु चुनौतिपूर्ण रहेको बताएका छन् ।
विहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत छलफल पछि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले निर्धारित दिगो विकासको लक्ष्य पुरा गर्न कठिन हुने देखिएको बताए ।
उनले भने ‘ दिगो विकासको लक्ष्य अनुसार २०३० सम्म जनसंख्याको शत् प्रतिशत आधारभुत खानेपानी, ९० प्रतिशतमा स्वच्छ खानेपानी पहुँच पु¥याउने लक्ष्य पुरा गर्न हामी सबैको चुनौती छ ।’
उनले सरसफाई क्षेत्रमा निर्धारित लक्ष्य हासिल गर्न अथक प्रयास गर्नु पर्ने बताएका छन् ।
खानेपानी तथा सरसफालई ऐन २०७९ को प्रकाणिकरण संगै राज्यको खानेपानी तथा सरसफाई प्रतिको दृष्टिकोण फराकिलो हुदै गएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया