काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्य गरिएको छ ।
केहीबेरअघि पशुपतिमा सीताको अन्त्येष्टी गरिएको हो ।
लामो समयदेखि पार्किन्सन रोगले ग्रसित सीताको आज उपचारको क्रममा निधन भएको थियो ।
बिहान ८ः३३ बजे निधन भएको सीताको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।
सीताको पार्थिव शरिरमा प्रचण्डसहित छोरीहरु गंगा र रेनु दाहालले दागबत्ती दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया