पोखरा । नेपाल–भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिव स्तरीय बैठक पोखरामा शुरु भएको छ ।
बिहीवारदेखि शुरु भएको बैठकमा नेपाली टोलीको नेतृत्व रविशंकर सैंजु र भारतीय टोलीको नेतृत्व भूपेन्द्रसिंह भल्लाले गरेका छन् ।
बैठक शुक्रवारसम्म चल्नेछ ।
दुई देशबीच व्यापार सहजीकरणकरणका साझा एजेण्डा तय गर्ने छ भने दुवै देशबीच सम्झौता हुनुपर्ने बुँदा यो बैठकले तयर पार्ने सैंजुले बताए ।
यस अघि दिल्लीमा पहिलो बैठक भएको थियो भने पोखराको बैठक दोस्रो हो ।
बैठकमा नेपालको तर्फबाट ९ र भारतीय पक्षबाट ७ जनाको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया