प्रधानमन्त्रीले भने, ‘प्रचण्डको वक्तव्यले ‘स्लीप’ खाएको हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला प्रकरणबारे आफ्नो मुख खोलेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाबारे जारी गरेको विज्ञप्तिप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै मुख खोलेका हुन् । 

टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा सोधिएको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘आफू नेपालमा भएको भए भेजेजुएलाबारे यस्तो विज्ञप्ति नआउने थिएनन् ।’ 

उनले भने, ‘अध्यक्ष प्रचण्डजीले जारी गर्नुभएको वक्तव्यमा ‘स्लीप’ हुनुभएको हो ।’

आफू स्वीट्जरल्यान्ड भ्रमणमा रहेका बेला प्रचण्डको विज्ञप्ति आएको प्रधानमन्त्री ओली बताए ।  

कार्यक्रममा प्रधानमन्त्री ओलीलाई सोधिएको थियो, ‘हिजो अमेरिकी राजदूतलाई भेट्नुभयो, त्यसमा वक्तव्यको बारेमा छलफल भयो कि भएन ?’

'स्वभाविकरुपमा यो प्रसंग पनि चल्यो । जुन वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ यो त्यस्तो जरुरी छैन । अलिकति स्लिप भएको हो । म भोलिपल्ट आउँदै थिएँ । अघिल्लो दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन । त्यस्तो जरुरी विषय थिएन त्यो । र, जुन भाषा प्रयुक्त भयो, त्यो उपयुक्त अलि भएन । त्यसले एउटा तरंग ल्यायो’ प्रधानमन्त्रीले भने ।'

‘यदि तपाईं नेपालमै हुनुभएको भए यस्तो विज्ञप्ति आउँथ्यो ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘आउने थिएन, स्वभाविकरुपमा । हाम्रा सुस्पष्ट नीतिहरु छन् । स्थिर नीतिहरु छन् । त्यसकारणले गर्दा त्यस्तो हुने थिएन ।’ 
साथै उनले थप्दै भने, ‘मैले भने नी यो अलिकति स्लीप भएकै हो । त्यसैमा अल्झिराख्नु वाञ्छनीय हुँदैन ।’
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?