काठमाडौं । कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे विषयमा माओवादी केन्द्रभित्र असन्तुष्टि पैदा भएको छ ।
कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार गठन भइ सानो आकारको मन्त्रिपरिषद् समेत विस्तार भएको छ ।
तर माओवादी केन्द्रका प्रदेश सभा सदस्य नारायण बुर्जा मगरले आफूमाथि पटकपटक अन्याय भएको भन्दै राजीनामा दिने मनासाय बनाइसकेको बताएका छन् ।
उदयपुर निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित मगरले दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले मूल्यांकन नगरेको भन्दै कोशी प्रदेश सरकार गठनमा न्यायोचित मूल्यांकन नभएको बताए । साथै आफूले प्रदेश सभा सदस्यबाट राजीनामा दिने बताए ।
‘म र मेरो मतदाता माथी बारम्बार अन्याय भयो।दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङकन गर्न सकेन,कोशी प्रदेश सरकार गठन प्रति मेरो विमति छ।यसै कुरालाई मध्येनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासंग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिने मनसाय बनाई सकेको छु ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया