सांसदलाई प्रदेशका मन्त्रीभन्दा तल राख्नु हुँदैन : देवेन्द्रराज कँडेल

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संघीय संसदलाई प्रदेशका मन्त्रीभन्दा तल राख्न नहुने बताएका छन् । 

बैठकमा शूल्य समयमा बोल्दै सांसद देवन्द्रराज कँडेलले संघीय संसदलाई प्रदेशका मन्त्रीभन्दा तल राख्नु न्यायोचित भनएको बताएका हुन् । 

त्यस्तै उनले प्रमुख जिल्ला अधिकारीलाई गाउँपालिका र नगरपालिका प्रमुखभन्दा तल राखिएकोमा समेत असन्तुष्टि जनाएका छन् । 

उनले भन भने, ‘प्रमुख जिल्ला अधिकारीलाई गाउँ–नगरप्रमुखभन्दा तल राख्दा मनोबल घट्ने हुन्छ त्यसैले यसलाई सच्याउनु पर्छ ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?