पशुपतिनाथको जमिन जोगाउने कार्य छायाँमा पर्न नदिन गगन थापाको आग्रह

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले पशुपतिनाथको जमिन जोगाउने कार्य छायाँमा पर्न नदिन आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित दृश्यमा खप्तड बिमोचन समारोहमा महामन्त्री थापाले भ्रष्टाचारसँग जोडिएका ठूलो काण्डहरुमाथि भइरहेको छानविनमा आफुहरुको समर्थन रहेको बताए ।

उनले भने ‘शुसासनको लागि भ्रष्टाचारसँग जोडिएका ठूला ठूला काण्डहरुको सन्दर्भमा एकपछि अर्को गरेर महत्वपूर्ण निर्णयहरु हुँदै गएको छ, ती कुराहरुमा हाम्रो समर्थन छ । यस्ता अरु पनि विषयहरु छन् । पशुपतिको जमिन जोगाउने सन्दर्भमा गरेका कामहरु छायाँमा नपरोस यसमा सरकार अगाडि बढोस् । ’

खप्तड क्षेत्रमा सरकारको ध्यान पुग्न नसकेता पनि यसले धेरै नयाँ कलाकारलाई अवसर दिएइको उनको भनाई छ ।

महामन्त्री थापाले सरकारले अर्थतन्त्रको संकटमा परेको वेलामा जुन चुस्तताको साथ काम गर्नु पर्ने हो त्यो गर्न नसकेको गुनासो पनि गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?