प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान, आज पनि राष्ट्रिय सभा बैठक अवरोध

लोकपथ
63
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज शुक्रबार पनि राष्ट्रिय सभा बैठक अवरोध गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्तिपछि एमालेले सदन अवरोध गर्दै आइरहेको छ।

एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताइन्। उनले प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछरु भन्दै प्रश्न गरिन्।

विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?