काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा दुई वटा संवैधानिक आयोगको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सो प्रतिवेदन पेश गर्ने लागेका हुन् । प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालत तथा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन् भने कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका सम्बन्धमा समितिको प्रतिवेदन’ गर्ने भएका छन् ।
संसद भवनमा आज मध्यान्ह १ बजे बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया