प्रतिनिधिसभा बैठक बस्ने समयमा किन बस्दै छ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजे बस्ने बैठकमा सरकारविरुद्ध थप कार्यक्रम र सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने बन्ने विषयमा छलफल हुन लागेको हो । 

उपसभापति विमलेन्द्र निधिले सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने भन्नेबारे छलफल हुने बताए । 

यसैगरी गत पुस महिनामा सम्पन्न भएको महासमितिले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषयमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ । 

महासमिति बैठकले पार्टी विधान, राजनीतिक तथा आर्थिक प्रस्ताव केन्द्रीय कार्यसमितिबाट परिमार्जनसहित जारी गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो ।

त्यस्तै बैठकले नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने या अधिवेशनका लागि थप समय दिने भन्ने निर्णय पनि लिने सभापति निधिले जानकारी दिए । 

यसैगरी आजै दिउँसो १ बजे प्रतिनितिसभा बैठक बस्दै छ । बैठकमा सांसदहरुले दर्ता गराएका लिखित प्रश्नको मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा पालैपालो जवाफ दिने भएका हुन् । 

संसद् सचिवालयका अनुसार आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले सांसदले दर्ता गराएका प्रश्नको जवाफ दिने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?