धनकुटा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार लोकतान्त्रिक चरित्रमा अघि नबढेको आरोप लगाएका छन् ।
मंगलवार बिहान धनकुटा पुगेको नेता सिटौलाले सरकारले बहुमतको दम्भमा तानाशाीको बाटोमा अघि बढेको बताएका हुन ।
सरकारको एक वर्षे कार्यकालको मूल्यांकन गर्दा बहुमतको दम्भमा तानाशाही बाटोमा अघि सरकाले खबरदारीका लागि देशव्यापी प्रदर्शन गर्नु परेको उनले बताए ।
पार्टीका महामन्त्री समेत रहेका सिटौलाले सरकारले दृष्टि गुमाएकोले दृष्टि फर्काउन कांग्रेसको प्रयास रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई सचेत गराउन आफ्नो पार्टी अघि सरेको उनले बताए ।
सिटौला मुलुकभरका ५९ जिल्लाको भ्रमणका क्रममा छन् । भ्रमणका क्रममा मंगलवार सिटौला प्रदेश नं. १ का जिल्ला धनकुटामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया